काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार शेयर मूल्यमा दोहोरो अंकले बृद्धि हासिल गर्दै नेप्से परिसूचक १६०० अंक पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार तीन अर्ब ३५ करोड भन्दा बढिको कारोबार हुँदा १४.६८ प्रतिशतले नेप्से परिसूचक बृद्धि भएको छ ।
बुधबार ४५ हजार ८७५ वटा कारोबारमार्फत एक करोड २६ लाख ७८ हजार ५४४ कित्ता शेयर तीन अर्ब ३५ करोड आठ लाख ६३ हजार ७६९ रुपैयाँको शेयर बिक्री भएको छ । बुधबार नेशनल हाईड्रोपावर, सानजेल जलविद्युत कम्पनी, बरुण हाईड्रोपावर र कर्णाली विकास बैंकको शेयर १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, लक्ष्मी ईक्वीटी फण्ड, महिला सहयात्रा माईक्रो फाइनान्सको शेयर मूल्य घटेको छ । बुधबार उत्पादन क्षेत्र र लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढि जलविद्युत क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।