Connect IPS
IME Life

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलले भोलि असोज २२ गते साधारण सभा तथा लाभांश वितरणका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएका छन् । त्यसकारण आज नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत (५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ) बोनस शेयर र बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित ३ दशमलव ७३ प्रतिशत (२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ) नगद लाभांश गरी कूल १० दशमलव ४० प्रतिशत लाभांश वितरण गर्दैछ ।

Prabhu
Crest

उक्त लाभांश पारित गर्न बैंकले कात्तिक ६ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे साधारण सभा शुरु गर्ने जनाएको छ ।

त्यस्तै, नेपाल ल्युव आयलले १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश हनुमोदनका लागि कम्पनीले कार्तिक ५ गते बिहान ११ः३० बजे संस्थाको कार्यालय, झम्सिखेल ललितपुरबाट २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कोभिड संक्रमणका कारण दुबैको साधारण सभा भिडियो कन्फरेक्स मार्फत आयोजना हुने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS