काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १४ पैसा रहेको छ ।