Connect IPS
IME Life

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले सात वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।

कुल कित्तामध्ये १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणलाई विक्री गरेको हो भने १ अर्ब ८० करोड बराबरको ऋणपत्र कम्पनी आफैले परिपत्र विधिबाट विक्री गर्नेछ ।

Prabhu
Crest

ऋणपत्र विक्री गर्न कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषको लागि छ्ट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

ऋणपत्रको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । ऋणपत्र खरीदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमताको संकेत गर्ने इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ ।

उक्त ऋणपत्र खरीदका लागि विक्री प्रबन्धक तथा सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS