Connect IPS
IME Life

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाएको छ ।

Prabhu
Crest

देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पुराएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS