काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ बराबर १ दशमलव २५ (१ः१.२५) अनुपातमा एक सय रुपैयाँ अंकित दरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १३ करोड ५८ लाख रहेको छ ।