काठमाडौं । मुक्तिनाथ विकास बैंकले बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको जनाएको छ ।
उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् ।
हालसम्म बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।