Connect IPS
IME Life

कोरोनाको कारण बिथोलियो स्टक डिलरको काम, सिईओ नियुक्ती सम्पन्न, अब छिट्टै कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोजको पहिलो साताबाटै सुरु गर्ने तयारी गरिएको नागरिक स्टक डिलरको काम कोरोनाको कारण केही बिथोलिएको छ । कार्यालयमै कार्यरत कर्मचारीहरुमा भटाभट कोरोना देखिएपछि असोजको पहिलो साताबाटै कारोबार सुरु गर्ने लक्ष्य साथ काम भइरहेको नागरिक स्टक डिलरको काम बिथोलिएको हो ।

नागरिक स्टक डिलरका सञ्चालक इन्द्र कट्टेलले दिएको जानकारी अनुसार सिईओ नियुक्ती प्रक्रिया सकिएको छ, अब छिट्टै कारोबार सुरु हुन्छ । यद्यपि कम्पनीमा कार्यरत तीन जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अधिकांश कम्पनीहरु अहिले पनि कन्ट्याक ट्रेसिङमा परेकाले तत्काल कुनै काम अघि बढ्ने छैन । कन्ट्याक ट्रेसिङमा परेकाहरुको आज स्वाव परिक्षण पश्चात नेगेटिभ आएका कर्मचारीहरुमार्फत बाँकी काम अघि बढाउने योजनामा स्टक डिलर रहेको छ ।

Prabhu
Crest

कम्पनीले हिजो नयाँ सिईओ नियुक्त गरेको जानकारी दिएको छ । कम्पनीको सिईओ छनौट समितिले सिफारिस गरेका मध्येबाट महेश्वरलाल श्रेष्ठलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । यद्यपि सिईओको पद बहाली भइसकेको छैन । सिईओ नियुक्त भई पद बहाली गरेपछि केही प्रक्रिया पूरा हुनासाथ स्टक डिलरको औपचारिक सुरुवात हुने कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक इन्द्र कुमार कट्टेलले भने ‘असोज महिनाभित्रै औपचारिक कारोबार गर्ने तयारी छ, कोभिडले अप्ठेरो पारिरहेको छ । हाम्रो प्रयास जारी छ ।’

धितोपत्र बजारमा अस्थायी रुपमा हुने मूल्य तलमाथि रोक्न नियामक निकायकै पहलमा स्टक डिलर कम्पनी स्थापना गरिएको हो । नागरिक स्टक डिलर कम्पनले ठूलो मात्रामा शेयर खरिद बिक्री गर्दछ । स्टक डिलरले दोस्रो बजारबाट सिधैं खरिद गर्न सक्दछ भने सिधैं बिक्री गर्न समेत सक्दछ । उल्लेखित कार्यको लागि नेप्सेको सिष्टम र सिडिएससीको सिष्टमसँग स्टक डिलरलाई लिङ्क गर्नुपर्ने भएकोले केही प्राविधिक काम समेत गर्नुपर्ने हुन्छ । नागरिक स्टक डिलरको औपचारिक कारोबार सुरु भएपछि अस्थायी प्रकृतिको चलखेल रोकिने विश्वास गरिएको छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS