Connect IPS
IME Life

नेपाली बैंकमा थुप्रियो ४०० अर्ब, ब्याजदर अझै घट्न सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीको कारण नेपालमा भने विश्वबजारको तुलनामा विपरित आर्थिक संकट आएको छ । अन्य देशहरुमा लगानी योग्य रकमको अभाव हुँदा नेपाली बैंकहरुमा भने ठूलो मात्रामा निक्षेप थुप्रिएको छ । नेपाल बैकर्स संघका अनुसार यतिबेला नेपालको बैंकिङ प्रणालीमा ४०० अर्बभन्दा बढि रकम थुप्रिएको छ । कोरोना महामारीका कारण नयाँ ऋण प्रवाह कम भएको तथा बैंकमा निक्षेप थुप्रने क्रम बढेको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

एक बैंकका सिईओले दिएको जानकारी अनुसार नेपाल बैंकिङ प्रणालीमा ४००० अर्ब निक्षेप संकलन भएको छ भने ३३०० अर्ब कर्जा प्रवाह भएको छ । बैंकको कोष तथा पुँजि २०० अर्बभन्दा बढि छ । नेपाल बैंकहरुले ३७०० अर्बसम्म ऋण लगानी गर्न सक्ने भएपनि अझै ४०० अर्ब थप ऋण लगानी गर्न सक्ने क्षमतामा बैंकहरु रहेका छन् ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप थुप्रने क्रम बढेकोले तरलता प्रशोचन गर्ने कार्य पनि भइरहेको छ । यसैबीच, आजै नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दैछ । बजारमा तरलता बढेपछि बैंकका सिईओहरु समेत तनावमा पर्न थालेका छन् । लगानीको नयाँ क्षेत्र नहुँदा बैंकको कर्जा निक्षेप सन्तुलनको लागि चिन्तित हुनुपर्ने अवस्था आएको नबिल बैंकका सिईओ अनिल केसरी शाह बताउँछन् । बैंकले निक्षेप मात्रै थुपारेर मात्रै सर्वसाधारण जनतलाई ब्याज दिन सक्दैनन् । बैंकमा जम्मा भएको निक्षेप बजारमा लगानी गर्न सकिएको अवस्थामा मात्रै बैंकहरुले निक्षेपकर्तालाई ब्याज दिन सक्छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले कुल निक्षेपको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । तर अधिकांश बैंकहरुको सिसिडी रेसियो ६० देखि ७५ प्रतिशतको बीचमा रहेको देखिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टका अनुसार बैंकहरुको औषस सीसीडी रेसियो ७३ प्रतिशत रहेको बताउँछन् ।

पछिल्लो पटक असोजदेखि यता भने कर्जाको माग केही बढेको तथा कोरोना महामारीबाट अवस्था निकै सहज भएकोले विस्तारै पुरानै अवस्थामा फर्कन सक्ने आर्थिक विश्लेषकहरुको भनाई छ ।

बैंकमा तरलता बढ्दा बैंक ब्याजदर घट्न गई बीमा कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । बीमा कम्पनीहरुको लगानीको मुख्य क्षेत्र बैंकहरुको मुद्दति निक्षेप हो । बैंकहरुले ब्याजदर घटाएपछि बीमा कम्पनीहरुको आम्दानी घट्ने भएकाले बैंकमा थुप्रिएको तरलता बीमा कम्पनीहरुको समेत टाउको दुखाईको विषय बन्न पुगेको छ । बीमा कम्पनीहरुले नेपाली बैंकिङ क्षेत्रमा करिब ४०० अर्ब लगानी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS