काठमाडौंं । बैंक अफ काठमाण्डूले ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।
यस सुबिधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।
नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।
यस पश्चात कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटिपि प्राप्त गर्नेछन र उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटिपि प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जनाएको छ ।