काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आज असोज १६ गतेबाट हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
फाइनान्सले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि भाद्र १२ गते, शुक्रबार एक दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसैले, भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालय, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।