Connect IPS
IME Life

आजबाट सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैले, सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असोज १ गते बिहीबार अनुमति दिएको थियो ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यपिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनएमबि क्यपिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS