Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको साधारण सभा कार्तिक ६ गते, बुक क्लोज कहिले?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कार्तिक ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २२औंं वार्षिक साधारण सभाको मिति तय भएको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुने बैंकले जनाएको छ ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

बैंकले असोज २२ गते बुक क्लोज गर्नेछ । त्यसकारण असोज २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र शेयरको हक दाबी गर्ने पाउनेछन् ।

त्यसैगरी, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS