काठमाडौं । साताको चौथौ दिन नेप्से ३ दशमलव १९ अंकले घटेर १५५० दशमलव ४३को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ८० लाख १९ हजार ६ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।विकास बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।
सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सकोे ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अरुण काबेलीको ९ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।
कामना सेवा विकास बैंकका लगानीकर्ताले र जोशी हाईडङोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्स लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् भने नाग्दी गु्रप पावरका लगानीकर्ताले ३ दशमलव २४ प्रतिशतले गुमाएका छन् ।