काठमाडौं । सनराइज फर्स्र्ट म्युचुअल फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) अघिल्ले महिनाको तुलनामा बढेको छ । साउन मसान्तसम्म ११ रुपैयाँ २० पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य भदौ मसान्तसम्ममा ११ रुपैयाँ ८१ पैसा पुगेको हो ।
भदौ महिनामा फन्डले ७ करोड १५ लाख रुपैयाँ मुनाफा गरेको छ । अघिल्लो महिनामा फन्डको नाफा १ करोड ९० लाख रुपैयाँ रहेको थियो । साउन मसान्तसम्मको तुलनामा फन्डको नाफा बढेको हो ।साउन मसान्तसम्म २ करोड ८ लाख रुपैयाँ कुल आय रहेको यस योजनाको भदौ मसान्तसम्म यो आय ७ करोड ४९ लाख रुपैयाँ रहेको छ । कुल आयमा वृद्धि भएसँगै योजनाको नाफा बढेको हो ।
योजनाले गरेको लगानीको बजार मूल्य भने भदौ मसान्तसम्ममा ७२ करोड ७८ हजार पुगेको छ । साउन मसान्तसम्म यो मूल्य ६४ करोड ७३ लाख २६ हजार थियो ।