काठमाडौं । सिटिजन लाईफले निष्काशन गर्न लागेको आईपिओमा एनआईबीएल एस क्यापिटलले गर्ने भएको छ । आज सिटिजन लाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच आईपिओ निष्काशनको बिक्री प्रबन्धकको काम गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
कूल ७५ लाख कित्ता आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको सिटिजन लाईफले जनाएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । ७५ करोडको आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।