काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको छ ।
आज काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।