काठमाडौं । ङादी गु्रप पावरले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।गत आवको चौथो त्रैमाससम्म उक्त कम्पनीले पाँच करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । अघिल्लो बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा ५ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्ष चौथो त्रैमाससम्म १४ करोड ३७ लाख रुपैयाँको विद्युत् विक्री गरेको उक्त कम्पनीले गत वर्ष सोहि अवधिमा भने १३ करोड ६५ लाख रुपैयाँको विद्युत् विक्री गरेको छ । विद्युत् विक्री आम्दानी अघिल्लो वर्षभन्दा गत वर्ष ५ प्रतिशतले घटेको छ ।
कम्पनीको हालको चुक्तापूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको कुल सम्पत्ति ९३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ १ पैसा रहेको छ ।