काठमाडौं । एनआईबिएल एस क्यापिटलले कार्तिक ५ गते साधारणसभा आह्वान गरेको छ । आफ्नै कार्यालयमा सभा गर्ने जनाएको छ ।
सभामा क्यापिटलले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ ।