IME Life
GBIME

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा कार्तिक ३ गते,यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले वार्षिक साधारण सभा कार्तिक ३ गते, सोमबार गर्ने भएको छ । कम्पनीको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले उक्त सभाको मिति तय गरेको कम्पनीले जनाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ६।५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

Crest

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक समेत तोकिने एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS