काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते शुक्रबार भर्चुअल माध्यमबाट बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको जनाएको छ ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने बताएको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
कम्पनीले साधारण सभा सम्पन्न भएको ४५ दिन भित्र नै लाभांश वितरण गरिसक्ने जानकारी समेत दिएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि कार्तिक २७ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीको भनार्य छ ।