काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको २ करोड ६१ लाख ४५ हजार ९२ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । प्रभु बैंक लिमिटेडको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।
त्यस्तै, एनएमबि बैंक लिमिटेडको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर सूचीकृत भएको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । त्यसैगरी छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।