काठमाडौं । मेगा बैंक लिमिटेडले असोज ११ गते आइतबारबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।
बैंकको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।