काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथौ बर्षमा प्रवेश गरेको छ । बिहिबार देखि कम्पनी चौथौै बर्षमा प्रवेश गरेको हो ।कम्पनीले आफनो चौथौै बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने नियमक निकाय बीमा समिति, बीमीत ,अभिकर्ता, र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता लिएको छ ।कम्पनीले यस अवधिसम्ममा आफनो जीवन बीमा कोषमा २ अर्ब रकम राख्न सफल भएको छ । कम्पनीको कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।