Connect IPS
IME Life

देशैभरि बाढी–पहिरोको बितण्डा, ललितपुरमा दुई वटा टिपर पुरियो, लाखौंको बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस वर्षको मनसुनको उत्तराद्र्धमा आएको बाढी पहिरो तथा डुबानका कारण करोडौंको धनजनको क्षति भएको छ । देशैभरि पहिरो तथा बाढीका कारण ठूलो भौतिक सम्पत्ति क्षति भएको छ ।

अविरल वर्षाको कारण स्याङ्जाको फरक फरक ठाउँमा गएको पहिरोबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । वालिङ नगरपालिका १४ तमादीमा आज विहानै गएको पहिरोमा परी एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै कालिगण्डकी गाउँपालिका–४ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

Prabhu
Crest

यसैबीच, राजधानी ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा दुई वटा टिपर र एक वटा मोटरसाइकल पुरिएका छन् । सो घटनामा पुरिएका टिपरहरु निकाल्ने क्रम जारी रहेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई वटा टिपर र एक वटा मोटरसाइकल कामै नलाग्ने अवस्थामा पुगेका छन् । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोको कारण करोडौं रुपैयाँको क्षति पुगेको छ भने लाखौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS