काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले सात वर्ष अवधिको नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिने भएको छ ।
यस ऋणपत्रमा वार्षिक ८ दशमव ५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकको ऋणपत्र निष्काशन बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।