काठमाडौं । समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर असोज १६ गते देखि बिक्री खुला हुने भएको छ ।फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा आवेदकले कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो ।फाइनान्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ । यसैगरी बीओके क्यापिटल मार्केटको विभिन्न शाखा मार्फत हकप्रद भर्न पाउनेछन् ।
फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।