काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले बैंकको मुद्दती खातामा आज असोज ५ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार व्यक्तिगत मुद्दती खातामा ६ दशमलव ७५ प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशतसम्म व्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।