काठमाडौं । साताको दोस्रो दिन नेप्से ६ दशमलव १२ अंकले घटेर १५६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १ सय ९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ।
उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएकोे छ । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १४ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।
युनाईटेड फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेशनल हाईड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतको दरले कमाएका छन् ।
त्यस्तै, हिजोदेखि दोस्रो बजारमा कारोबार सुरु भएको लिबर्टी इनर्जीको शेयरमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ । रैराङ्ग हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।