काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आईतबार सिभिल बैंकलाई स्पष्टिकरण मागेपछि बैंकले आज जवाफ पठाएको छ । हिमालयन बैंकसंग मर्जरको हल्ला चलाएर सेयर मूल्य बढाएको समाचार बाहिरिएपछि नेप्सेले बैंकलाई आज विहानै जवाफ पठाउन आग्रह गरेको थियो ।
सिभिल बैंकले हिमालयन बैंकले प्राप्ति गर्नेबारे आएका सामाचारहरु बारे सिभिल बैंकले हल्लामात्रै रहेको बताएको छ । सिभिल बैंकले हिमालयन बैंकसंग मर्जरमा जाने विषयमा कुनै सत्यता नरहेको जनाएको छ । बैेंकले आफुहरुको शेयर मूल्य बढाउनुपर्ने उद्येश्य नभएको जनाएको छ ।