काठमाडौं । एनएमबि म्युचुअल फण्डद्वारा सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल – १ र एनएमबि–५० ले इकाईधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।
एनएमबि हाईब्रिड फण्ड एल–१ ले ८ प्रतिशत नगद लाभांश र एनएमबि–५० ले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् । दुबै फण्डले आर्थिक बर्ष२०७५/७६ को मुनाफाबाट प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुवै फन्डको इकाईधनी बुक क्लोज असोज १६ गते (एक दिन) बन्द हुने भएको छ । जसका कारण असोज १५ गतेसम्मका कायम रहेका इकाइधनीले उक्त प्रतिफल पाउनेछन् ।