काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लालबन्दी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरी सर्लाही जिल्ला लालबन्दी न.पा. मा बसोबास गर्ने मृतक बिमित आषिश बैधको परिवारलाई उक्त बीमा दाबी वापतको रकम प्रदान गरेको हो ।
उक्त चेक लालबन्दी न.पा. वडा नं. ६ का वडाध्यक्ष उज्जल कार्की तथा कम्पनीका लालबन्दी शाखाका शाखा प्रमुख लोक कुमारी काफ्ले र कम्पनीका कर्मचारीहरुले मृतक बीमीतको घरमै गई मृतकका पिता शिव कृष्ण बैद्यलाई पाँच लाख सोह्र हजार पाँच सय नब्बें रुपैयाको हस्तान्तरण गरेका हुन् ।
शाखा प्रमुख काफ्लेले जीवन बीमा सम्बन्धी जनचेतना पहिलाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको जोखिम भएकोले सबैलाई आवश्यक भएको बताए ।