काठमाडौं । युनाइटेड इदी–मर्दी हाइड्रोपावरले यसअघि स्थगित गरेको आइपीओ असोज ७ गतेबाट फेरि बिक्री खुला गर्ने भएको छ ।कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्रि नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ ।
कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्काशन गर्नेछ । त्यसपछि फेरि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन हुनेछ।
यसमा प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ ।