काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले असोज २ देखि कात्तिक ६ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट गरिएको जनाएको छ ।कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पूर्नजागरण गर्दा छुट दिने जनाएको छ ।
कम्पनीले २०७६ साल चैत ११ गते पश्चात् भुक्तानी मिति भएका बीमालेखको हकमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ ।त्यस्तै, २०७६ साल चैत १० गते र यसअघि नविकरण भुक्तानी मिति भएका बीमालेखको हकमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।