काठमाडौं । नेपाल बैंकले असोज १९ गते विशेष साधारणसभा आह्वान गरेको छ । बैंकको विशेष साधारणसभा केन्द्रीय कार्यालयमा हुने भएको छ ।
बैंकको भदौ २५ गते बसेको संचालक समितिको बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आईडी र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।
सभाले संचालक समिति चयन सम्बन्धी संरचनामा परिवर्तन गर्ने भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनीत हुने ४ जना संचालकबाट घटाएर ३ जना कायम गराउने र साधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना संचालकबाट बढाइ ३ जना कायम गर्नका लागि प्रवन्धपत्र तथा नियमावली संशोधन संसोधन गर्ने बिशेष प्रस्ताव राखेको छ ।
विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज गर्ने भएको छ। जसका कारण असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र उक्त सभामा सहभागी हुन पाउनेछन् ।