काठमान्डौ : हाईड्रोपावरको बजार मूल्यमा निकै ठूलो उछाल आएको छ । धेरै हाईड्रोपावरको बजार मूल्य १०० भन्दा मुनी रहेको अवस्थामा अहिले केही हाईड्रोपावर बाहेक धेरै हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता एक सय रुपैयाँ भन्दा माथि बस्न सफल भएको छ।
अझै पनि दोश्रो बजारमा ५ हाइड्रोपावरको बजार मूल्य एक सय भन्दा मुनी छन् । एक सय भन्दा थोरै बजार मूल्य हुनेमा दिब्यश्वोरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविधुत कम्पनी र घलेम्दी हाइड्रो रहेका छन् ।