काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंकले बोनस र नगद लाभांश गरि कुल १० दशमलव ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ७ दशमलव ०३ प्रतिशत बोनस तथा करसहित ३ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकको असोज १ गते बिहान बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी आठ अर्ब ४५ करोड रुपैयाँ छ। बोनस वितरणपश्चात् बैंकको चुक्ता पुँजी ९ अर्ब माथि हुने छ ।