काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ३० दशमलव ७८ अंकले बढेर १५७२ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको १ करोड १८ लाख ३ सय ४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ ।
आज निर्जिवन बीमा बाहेक अन्य सबै उपसूचकहरुमा हरीयाली छाएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको १३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको १२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
रिलायन्स लाइफ, सोल्टि होटल, हिमाल दोलखा हाईड्रोपावरका र तारागाँउ रेजेन्सीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कालिका पावरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतको दरले कमाएका छन् ।
एनआरएन लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ५ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।