Connect IPS
IME Life

लिवर्टी इनर्जीको आइपीओ शेयरधनीको डिम्याट खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिवर्टी इनर्जीले भदौ ३ देखि सर्वसाधारणमा निष्काशन गरेको साधारणशेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा आएको छ । कम्पनीले बुधबार हिजोबाट नै उक्त शेयर शेययरधनीको खातामा जम्मा गराउन थालेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार नेप्सेमा भएको सम्झौताका लागि सबै प्रकृया पूरा भइसकेकोले शुक्रबार सम्झौतापश्चात् आइतबारदेखि शेयर कारोबार खुलाउने तयारी गरिएको भएको छ । कम्पनीको शेयर कारोबारको लागि एलइसी कारोबार संकेत प्रदान गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सोही संकेतमा शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरेको हो ।

Prabhu
Crest

कम्पनीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो । निष्काशन तथा बाँडफाँडको सबै काम सकिएपछि भदौ २१ गते कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सूचीकरणको प्रकृया अघि बढाएको थियो ।

कम्पनीको आइपीओ आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS