काठमाडों । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।