काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो ।
निगमका अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू हुने निगमले जनाएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।