काठमाडौं । साताको चौथौे दिन नेप्से ५ दशमलव ३६ अंकले बढेर १५४१ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज १ सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ् क्षेत्र बाहेक अन्य उपसूचकमा हरीयाली छाएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
घलेम्दी हाईड्रोपावर, वरुण हाईड्रोपावर र सिनर्जी डेभलपमेन्ट पावरकाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतको दरले कमाएका छन् ।
एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरुले ३ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् ।