काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत भदौं २५ गते बिहिवार भएको शेयर कारोबारको राफासाफ तथा फछर्यौट स्थगित गर्न निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै यस्तो जनाकारी दिएको हो ।
सिडिएससीले गत बिहीबार भएको सबै शेयर कारोबारको राफासाफ अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । नेप्सेले गत बिहीबारको टिएमएसमा प्राविधिक समस्या देखिएकाले राफसाफ स्थगित गर्न निर्देशन दिएको छ । सो दिन नेप्सेको टिएमएसमा समस्या आएको थियो । नेप्सेले अनुसन्धानको क्रममा रहेकोले कारोबारको राफसाफ नगर्न भनेको जनाएको छ ।