काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित भएको आइपीओ भदौ गते (बुधबार) बाट फेरि बिक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गर्न लागेको हो ।उक्त आइपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ बिक्री नभएमा असोज २९ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।कम्पनीले स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्काशन गर्नेछ ।
आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओको बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटल रहेका छन् ।
कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।