काठमाडौं । सारथी र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्ज भएर असोज ५ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
यी दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै लघुवित्तको मर्ज पश्चात् सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ।
दुवै लघुवित्तको असार ८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् । दुबै कम्पनी एक आपसमा मर्ज हुने भएपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।