काठमाडौं । नेपालको एक मात्र शेयर कारोबार गर्ने प्लेटफर्म नेप्सेमा दिनहुँ जसो समस्या आउन थालेपछि अर्थमन्त्रालयको ध्यानाकर्षण भएको छ । अर्थमन्त्रालयले दैनिक सर्भरमा समस्या आउनुको कारणसहित सोमबार विहान छलफलका उपस्थित हुन नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिइएको छ ।
सोमबार विहान ११ बजे अर्थमन्त्रालयमा नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउद र धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासहितको टिमलाई छलफलका बोलाएको हो । नेप्सेको सर्भर र टिएमएसमा पटक पटक समस्या आइरहेको छ ।
नेप्सेलाई सुविसुले सेवा दिइरहेको छ । सुबिसुको आन्तरिक समस्या वा नेप्सेको मुख्य सर्भर रहेको आईपीको पोर्टले लोड नधानेको हो भन्ने खुल्न बाँकी छ । नेप्सेमा आईटी हेर्न दक्ष जनशक्ति नभएको कारणले सर्भरमा पटक पटक आइरहेको छ ।