काठमाडौं । अबरोधका बीचमा जीवन बीमा कम्पनी रिलायन्स लाईफको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ । एकै दिन १० प्रतिशतले बृद्धि भएपछि सर्किट लागेको हो । त्यस्तै, एनआरएनको शेयर मूल्यमा समेत उच्च बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से १६ दशमलव ५६ अंकले बढेर १५३७ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
टे«डिङ, फाइनान्स र म्युचअल फन्ड बाहेक बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज रिलायन्स लाइफका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।
नबिल ब्यालेन्स फन्ड–२ का लगानीकर्ताले ९ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।