Connect IPS
IME Life

सर्वसाधारण जोसुकैले पेन्सन पाउन सक्ने, नागरिक लगानी कोषले सुरु गर्यो नयाँ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले प्रत्येक नागरिकले पेन्सन पाउने नयाँ आकर्षक योजना ल्याएको छ । नागरिकले पेन्सन पाउन कम्तिमा महिनामा पाँच सय रुपैयाँ जम्मा गर्नुपर्नेछ भने बढीमा जति जम्मा गरेपनि हुने कोषको भानाई छ । जति बढी रकम जम्मा गरियो उति बढी पेन्सन पाइने कोषले जनाएको छ ।

नागरिकहरुले बचत गरेको रकमकै आधारमा बचतकर्ताले ६० वर्ष पूरा भएपछि पेन्सन पाउन सक्नेछन् । मजदुरी, रोजगारी भएका, व्यापार व्यवसाय गर्ने, कृषि काम गर्ने र अन्य नागरिकले समेत यस योजनामा रकम जम्मा गरेर पेन्सन पाउन सक्नेछन् ।

Prabhu
Crest

यदि कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुनेछ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न नपाईने कोषले बताएको छ ।

यस योजनामा सहभागी हुने व्यक्तिको परिचय खुल्ने कुनैपनि डकुमेन्ट अथवा नागरिकताको फोटोकपि कोषमा पेश गर्नुपर्नेछ । अफिसमा जोडिएको छ भने उसले अफिसमा पेश गरेको डकुमेन्ट भए हुन्छ र छैन भने नागरिकताको फोटोकपि हुनुपर्नेछ ।

त्यस्तै, एउटा केवाइसी फर्म (ग्राहक परिचय खुल्ने फारम) भर्नुपर्छ जुन २ पेजको हुन्छ । यो फाराम कोषको वेभाइट वा कोषको कार्यालयमा गएर लिन सकिनेछ । त्यसपछि उसलाई नागरिक लगानी कोषको कार्यालयमा कोषले दिने कार्डका लागि उपस्थित हुनुपर्दछ । उक्त कार्डमा नम्बर हुन्छ र सोही नम्बरको आधारमा खाता खुल्छ। त्यसपछि मासिक भुक्तानी मोवाइल, वालेट लगायत विद्युतीय भुक्तानीबाट गर्न सकिन्छ । कम्तिमा ५ सय रुपैयाँ राख्नैपर्छ ।

त्यसैगरी नागरिकहरुले १५ वर्षमा साँवा व्याज जति जम्मा भएको छ त्यसलाई १७० ले भाग गर्दा जति हुन आउँछ सोही अनुसार नमरुन्जेल व्यक्तिले पेन्सन पाउनेछ । पेन्सन नै पाउन १५ वर्षसम्म रकम राख्नैपर्छ । तर नागरिकको उमेरहद ६० वर्ष तोकिएको छ । यदि कसैको ६० वर्ष उमेर पुगिसक्यो तर रकम जम्मा गरेको अवधि १४ वर्षमात्र भयो भने उसले पेन्सन पाउनेछैन । त्यसको साँवा ब्याज जति हुन्छ सोही रकम एकमुष्ट पाउँछ । पेन्सन योजनामा जम्मा गरेको रकमको ब्याज अहिले साढे ६ प्रतिशत छ । बजारको अवस्था हेरेर प्रत्येक ६÷ ६ महिनामा पुनरावलोक हुन्छ । साउन १ गतेदेखि लागु हुन्छ । पुसमा अर्धवार्षिक समीक्षा हुन्छ ।

यदि कोही नागरिकले पाँच सय रुपैयाँ राखेको छ भने उसको १५ वर्षमा साँवा ९० हजार रुपैयाँ हुन्छ । त्यसमा बजारको रेट अनुसार ब्याज दिइनेछ । मानौ ५ सय जम्मा गर्नेको पन्ध्र वर्षमा ३० हजार ब्याज आयो भने उसको साँवा र ब्याज गरेर १ लाख २० हजार रुपैयाँ हुन्छ । यसमा १७० ले भाग गर्दा जति रुपैयाँ आउँछ त्यति पेन्सनको रुपमा पाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS