काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो । उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि भाद्र २८ गतेबाट आश्विन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।