काठमाडौं । डिप्रोक्स नेपालले २७ औं वार्षिक साधारण सभा असोज १८ गते डाकेकोे छ । उक्त सभा विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स नेपाल) को केन्द्रिय कार्यालय, थापाथली, काठमाडौमा अपरान्ह ३ बजेबाट सुरू हुने भएको छ ।
कम्पनीको भाद्र २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गर्ने निर्णय भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने बिषयमा छलफल हुने भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको विधान संशोधन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।